२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

आगामी तीन दिनको मौसम : कहाँ-कहाँ पर्छ मेघगर्जनसहित पानी ?

  • २०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ९, २०७८

    चौतारा : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    आज प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक हल्का  वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।

    त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभर पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरी सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस