२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ६, २०७८

    चाैतारा : सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। 

    अति प्रभावित जिल्लाहरुमा  काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन्। 

    आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

    यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ। यसैगरी, रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्‌गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस