२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ६, २०७८

    चौतारा : आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

    स्वास्थ्य सुरक्षा

    -वितरण केन्द्रमा भिडभाड नगर्ने ।

    -कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने ।

    -आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने ।

    -साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस