बैशाख ४, २०७७
चौतारा : गत बर्ष सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदि पहिरो पीडित एक पहिरो गएको एक पुग्न लाग्दासमेत बासखर्कको टेण्टमा बसिरहेका छन्। बैशाख २ गते आएको हावाहुरीले बासर्खकमा बसिरहेको पहिरो पीडितको अस्थायी बास टेण्ट पनि उडायो।
तर, पहिरो गएको एक बर्षसम्म स्थायी बसोबासको टुंगो लनाउन नसकेको जिल्ला दैवि प्रकोप
उद्धार समितीले पीडितलाई फेरि टेण्ट दिने भएको छ। जिल्ला दैवि प्रकोप उद्धार समितीको शुक्रबार बसेको बैठकले टेण्ट उडाएको ११ घरलाई फेरि टेण्ट उपलब्ध गराउने निर्णय गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितीको तर्फबाट पीडितहरुलाई ११ थान टेण्ट, प्रहरी चौकी, स्वास्थ्य चौकी र विद्यालयलाई एक एक थान टेण्ट उपलब्ध गराउने भएको छ। हावाहुरीले आशिंक क्षति गरेको ११ घर परिवारलाई एकएक थानको दरले जिल्ला रेडक्रस सोसाइटीको तर्फबाट पाल उपलब्ध गराउने भएको छ।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका २ का थापाको घरमा आगलागी भएर पूर्ण रुपमा ध्वस्त भएपछि अस्थायी बासको लागि १५ हजार उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ। उनको करिब २० लाख हाराहारीमा आगलागीबाट धनमालको क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस