२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेसमा सदस्यता समायोजन विवाद : बस्नेत र लामाले टुंग्याउने

  • २०७८ बैशाख ४, शनिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ४, २०७८

    चौतारा : सिन्धुपाल्चोक जिल्लामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको क्रियाशिल सदस्यता विवाद समाधानको विकल्प खोजिएको छ। केन्द्रीय प्रतिनिधि नरेन्द्र कुमार केसीसहित चौतारामा बसेको जिल्ला कार्यसमितिको पुर्ण बैठकले पार्टीभित्रको विवाद समाधानको विकल्प खोजिएको हो।

    बैठकले क्रियाशिल सदस्यता, तहगत समायोजन विवाद टुंग्याउने जिम्मा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामालाई दिएको सचिव बिल बहादुर तामाङले बताए।

    बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुर्न संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार जिल्लाको विवाद समाधान गर्न अख्तियारी समेत दिएको छ।

    कांग्रेसकोे महाधिवेशनको मिती नजिकिदै गरेको भएपनि जिल्ला तहको सदस्यता समायोजन विवाद टुंग्याउन सकेको छैन। पार्टीभित्रको विवाद नमिल्दा कांग्रेसको महाधिवेशन फागनबाट भदै पहिलो साताको लागि सारिएको छ।

    सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल बढाउनका लागि सकेसम्म महाधिवेशन धकेल्ने प्रयासरत भइरहे। अहिले कांग्रेसमा देउवादेखि युवा नेता गगन थापाले समेत सभापतिको दाबी गरिरहेका छन्।

    त्यसो त सोही क्रममा जिल्ला तहबाट सदस्यता टुंगो लगाउनुपर्नेमा सिन्धुपाल्चोकमा लामो समयदेखि विवाद रहिरह्यो। जिल्लामा निर्देशिका विपरीत विभिन्न स्थानीय तहहरुमा केन्द्रीय सदस्य बस्नेतले आफूनिकटका व्यक्तिहरुलाई नेतृत्वको जिम्मा दिए।

    कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार जिल्लातहमा कार्यक्रम आयोजना गर्न निर्देशन भएमा सिन्धुपाल्चोकमा नेता बस्नेत र लामाको तर्फबाट बेग्लाबेग्लै हुने गरेको छ। दुवै समूहले एक अर्काको कार्यक्रममा जान प्रतिबन्ध समेत लगाउने गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस