२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सिन्धुपाल्चोक चौतारामा पहिलो पटक औद्योगिक ग्राम बन्‍ने

  • २०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत ३१, २०७७

    चौतारा : चौतारा साँगाचोकगढी नगरपालिका-४ मा औधोगिक ग्राम बन्‍ने भएको छ । ४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

    सम्झौता अनुसार औद्योगिक ग्रामका लागि यस आर्थिक वर्षको लागि मात्रै मन्त्रालयले ९२ लाख उपलब्ध गराउने छ । उक्त रकमले यस वर्ष जग्गा तयारी (फाउन्डेसन तयारी) गरिने नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए ।

    आइतबार नगरपालिकाले उक्त क्षेत्रमा प्राविधिकहरूसहित स्थलगत निरिक्षण गरेको हो । नगरपालिकाका अनुसार आगामी हप्ता यसका लागि टेन्डर आव्हान हुनेछ ।सम्भवत यो जिल्लाकै पहिलो औद्योगिक ग्राम हुनेछ ।

    औद्योगिक ग्रामभित्र यी उद्योगहरू खोल्न सकिनेछ 
    – कृषि उत्पादन प्रशोधन उद्योग 
    – डेरी उद्योग 
    – जडिबुटी प्रशोधन उद्योग 
    – काठ तथा बाँस बाट बन्‍ने उत्पादनमुलक उद्योग 
    – खानी तथा खनिजमा आधारित उद्योग
    – पानी प्रशोधन उद्योग 
    – विभिन्‍न प्रकारका मेसिन तथा मेसिनरी उद्योग 
    – प्राविधिक, सिपमुलक कार्यमा आधारित सामग्री उद्योग 
    – सफ्टवेयर सामग्री उत्पादन
    – स्थानीयहरूको मागमा आधारित अन्य उद्योग रहने छ्न् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस