चैत २१, २०७७
चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले चौतारा नगरपालिका छिट्टै बालविवाह मुक्त नगर हुने दाबी गरेका छन्।
शुक्रबार भएको बालविवाह न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘बाल विवाह न्यूनीकरणको लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढ्छ र छिट्टै बालविवाह मुक्त नगरपालिका बन्छ यसको लागि तपाईँहरू सम्पूर्णको सहयोगको अपेक्षा गर्दछु।’
पछिल्लो समय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बालविवाहका घटना बढिरहेको समेत बताए।
उनले थपे, ‘अब यस नगरपालिकाले बाल विवाह हुन नदिने विद्यालयलाई छनोट गरेर पुरस्कार गर्ने र बालविवाह हुने विद्यालयलाई कारवाही गर्ने छ।’
बालविवाहले पार्ने असर र प्रभावका विषयमा एक हप्तामा एक परेड शिक्षकहरूले कक्षा चलाउन उनले शिक्षकलाई निर्देशन दिए।
यस्तै, उपप्रमुख जानुका पराजुलीले समाजमा जटिल समस्याको रूपमा रहेको बाल विवाह न्यूनीकरणको लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन्। सरोकारवालाहरू प्रतिबद्ध भएर लागेमा बाल विवाह न्यूनीकरण सम्भव रहेको समेत बताइन्।
प्रतिक्रिया दिनुहोस