२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काेराेनाकाे जाेखिम बढेपछि सबैखाले भेला रोक्न प्रशासनलाई निर्देशन

  • २०७७ चैत्र १९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • चैत १९, २०७७
    चाैतारा : सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने  जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताए ।

    सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

    साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ ।

    कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस