चैत १८, २०७७
चौतारा : सिन्धुपाल्चोक जिल्लामा पछिल्लो सयम आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ। यही साउनदेखि हालसम्म ६४ जनाले आत्महत्या गरेका तथ्यांक सार्वजनिक भएको छ,
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आत्महत्याको जोखिम कम गर्ने उपायबारे गरेको छलफलमा कार्यक्रममा प्रहरी देखाएको तथ्यांकमा सिन्धुपाल्चोकमा आत्महत्या गर्नेको संख्या वृद्धि भइरहेको देखाएको हो।
मेलम्ची र चौतारा सांगाचोकगढि नगरपालिकामा साउन यता मात्र सबैभन्दा बढि १४÷१४ जनाले आत्महत्या गरेका तथ्यांक छ। लिसंखुपाखर गाउँपालिका बाहेक सबैठाउँमा आत्महत्या गरेको रिपोर्ट प्रहरीको तथ्यांकमा उल्लेख छ।
सिन्धुपाल्चोकमा दिनप्रतिदिन आत्महत्या गर्नेको संख्या बढदै गइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एंव प्रहरी उपरीक्षक राजन अधिकारी बताउँछन्।
गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन्। सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा आत्माहत्याका घटनाहरुमा वृद्धि भएको उनकोे भनाई छ।
प्रतिक्रिया दिनुहोस