चैत १८, २०७७
चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसि तामाङ जनताको समस्या बुझ्नको लागि गाउँ गाउँमा पुग्न थालेका छन्। ‘जनता सँग मेयर कार्यक्रम’ सञ्चालन गरेर जनताको गुनासो सुन्नका लागि मेयर तामाङ गाउँ गाउँ पुग्न थालेका हुन्।
मंगलबार मेयर तामाङ नगरपालिकाको १२ नम्बर वडा स्थित साँगाचोक स्वाँराथोकमा पुगेर जनताको समस्या बुझेका छन्। ८२ घरधुरी रहेको स्वाँराथोकमा खानेपानीको अभावको अभाव भएको स्थानीयले गुनासो गरे।
स्थानीयले मेयरसाग अरनिको राजमार्गबाट १ किलोमिटर नजिक रहेर पनि सडक निर्माण नभएकाले विकासमा मुख्य समस्या भएको बताए।
मेयर तामाङले खानेपानी समस्या समाधानको लागि नगरबाट तत्काल ७ सय मिटर पाइप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस