चैत १६, २०७७
चौतारा : होली पर्वलाई लक्षित गरि सवारी साधन चेकजाँचको क्रममा सिन्धुपाल्चोक प्रहरीले आईतबार ७० सवारी सवारी साधनलाई कारवाही गरेको छ ।
रंगहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षायोजना बनाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका मूख्य बजारक्षेत्र मेलम्ची, चौतारा, बाह्रबिसे, तातोपानी, ठुलोपाखर, वनदेउ, खाडिचौरलगायत स्थानमा टा«फिक प्रहरीसहितको टोली परिचालन गरेको थियो।
सवारी साधन जाँचको क्रममा कागजपत्र साथमा नरहेको, मादक पदार्थ सेवन गरिसवारी चलाएको, साईलेन्सर निकालेर ध्वनि प्रदुषण गरेको, मोटरसाईकल मोडिफाईगरी चलाएको, हेलमेट नलगाएको र सिट क्षमता भन्दा बढी यात्रु बोकेको ७० वटा सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
नियन्त्रणमा लिईएको सवारी साधनमध्ये १७ वटा मोटरसाईकललाई दिनभरीहोल्ड गरेर साँझ सम्झाई बुझाई गरी जरिवाना लिई सवारी धनीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
कारवाहीमा परेका सवारीचालकबाट एकैदिनमा ७५ हजार बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस