२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भारतमा एकै दिन ६८ हजारमा कोरोना संक्रमण‚ २९५ जनाको मृत्यु

  • २०७७ चैत्र १६, सोमबार मा प्रकाशित ३ साल अघि
  • चैत १६, २०७७

    एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार कोरोना संक्रमित थपिएका छन्। केही दिनयता कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको भारतमा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

    भारतमा हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै २९५ जनाको मृत्यु भएको छ।

    यस्तै‚ पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३००, अमेरिकामा ४० हजार ३००, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३०० र टर्कीमा २९ हजारसहित विश्वभर ४ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको छ।

    सोही अवधिमा ब्राजिलमा एक हजार ६०५, मेक्सिकोमा ५६७, अमेरिकामा ४७२, रसियामा ३३६, इटलीमा २९७ र हंगेरीमा २२० सहित विश्वभर साढे ६ हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५०० पुगेको छ। १२ करोड ७७ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा १० करोड २९ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस