चैत १५, २०७७
चौतारा : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक लेखनसम्बन्धी तीन दिने कार्यशाला सुरु गरेको छ। कक्षा २, ३ र ६ को स्थानीय पाठ्यपुस्तक तयार पारी प्रकाशन गर्नका लागि कार्यशाला आयोजना गरिएको हो।
गाउँपालिकाले यसअघि नै कक्षा १ को स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिसकेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए।
कार्यशालामा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना, शिक्षाविद् बौद्धराज निरौलाले सहजीकरण गरिरहेका छन्। कार्यशालामा पालिकाका शिक्षकहरू सहभागी छन्।
नेपालको हालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनमा स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिसकेको छ।
स्थानीय पाठ्यपुस्तकमा यस क्षेत्रका प्राथमिकताका विषय र स्थानीय स्तरका भाषा, संस्कृति एवम् ऐतिहासिक कुराहरू समावेश गर्ने लक्ष्य लिइएको छ।
प्रतिक्रिया दिनुहोस