चैत १३, २०७७
चौतारा : नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका परिवर्तन गरेको छ।
परिवर्तित कार्यतालिकाअनुसार आजका लागि तोकिएको उमेद्वारी मनोनयन १४ गते तोकिएको छ। अन्तिम मतदाता नामावली भने आज ५ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।
यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाइकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ। ती एकाइको मनोनयन दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाइमै हुनेछ। देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस