२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोना जोखिम बढेपछि सीमा नाकामा कडाई गर्न प्रशासनको निर्देशन

  • २०७७ चैत्र १२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • चैत १२, २०७७

    चौतारा : कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रवेश गर्ने सीमा नाकाहरुमा कडाई गरिने निर्णय गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    बैठकले सिमा नाकाबाट आउनेहरुको अभिलेख राख्ने निर्णय समेत गरेको छ।

    यस्तै, तातोपानी नाकामा सञ्चालित हेल्प डेक्सलाई प्रभावकारी ढंगले संचालन गर्नुको साथै नाकाबाट आवातजावत गर्नेहरुको एन्टिजेन्ट परिक्षण गर्ने निर्णय समेत गरेको छ।

    सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा मास्कको प्रयोग र ढोकामा ह्याण स्यानिटाइजर राख्न निर्देशन समेत सम्बन्धित निकायलाई दिइसकेको छ।

    साथै, विद्यालय र कलेजहरुमा स्वास्थ्य मापदण्ड पालना गर्नका लागि समेत अनुुरोध गरेको छ।

    यस्ता छन् बैठकको निर्णय

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस