२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

कागती पानी पिउनुस्, अनेकौं रोग भगाउनुस्

  • २०७७ चैत्र १२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • चैत १२, २०७७

    एजेन्सी : कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् ।

    पाचन क्रिया राम्रो
    बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भोक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।

    भिटामिन सी
    शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।

    छालामा निखार
    कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।

    मुखको दुर्गन्ध हट्छ
    कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विषरहित बनाउन यसले मद्दत गर्छ ।

    तौल कम गर्न
    मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।

    जोर्नीको पीडाबाट राहत
    जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् । फाइदा पुग्छ ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस