२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आधुनिक कृषितर्फ अग्रसर कुविण्डे, नगरप्रमख भन्छन् : कन्जुस्याइँ हुदैन

  • २०७७ चैत्र ११, बुधबार मा प्रकाशित ३ साल अघि
  • चैत ११, २०७७

    चौतारा : चौतारा साँगाचोकगढी नगरापालिका ४ कुविण्डेका ५६ कृषकहरूलाई हाते ट्याक्टर वितरण गरिएको छ । नगरपालिको अनुदानमा ११ वटा र वडा कार्यालयको अनुदानमा ४५ वटा गरी ५६ वटा ट्याक्टर वितरण गरिएको हो ।

    मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेका हुन्। हाते ट्याक्टर कृषकहरूलाई हस्तान्तरण गर्दै नगरप्रमुख तामाङले कृषि आधुनिकीकरणमा निकै ठुलो सहयोग पुग्ने अपेक्षा गरेको बताए।

    उनले कृषकलाई गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने समेत प्रष्टाए। कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका बिउ बिजन लगायतको औषधिहरू समेत अनुदानमा सहयोग गरिरहेको बताए।

    नगरपालिकाले यस वर्ष मात्रै नगरपालिका भित्रका १ सय ६० किसानलाई हाते ट्याक्टर बाडने तयारीमा रहेको नगरप्रमुख तामाङले जानकारी दिए।

    पछिल्लो समयमा हाते ट्याक्टरको प्रयोगले काम गर्न निकै सहज र छिटो हुने हुँदा निकै नै प्रभावकारी रहेको वडाध्यक्ष चूडामणि नेपालले बताए।

    कृषकहरूको पनि लगानी रहने गरी ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिका र वडाको अनुदानबाट ट्याक्टर वितरण गरिएको उनले जनाए।

    कुविण्डेमा एक घर एक हाते ट्याक्टर पुर्याउने अभियान रहेको समेत बताए।

    सिन्धुपाल्चोकको दुग्ध र आलु उत्पादनको हिसावले प्रख्यात कुविण्डे कृषि, पशु तथा दुग्ध उत्पादनमा आत्मनिर्भर भइ आफ्ना उत्पादन विभिन्न बजारहरूमा निर्यात समेत गरिरहेको छ ।

    स्थानीय सरकार भएपछि मात्रै ४ वडाले १ सय ६८ वटा ट्याक्टर वितरण गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस