२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

गोप्य भिडियो बनाएर रकम असुल्ने सिन्धुपाल्चोककी सुस्मिता गिरी पक्राउ

  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ३ साल अघि
  • चैत ९, २०७७

    चौतारा : होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने महिला गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सँगै बसेको गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै रकम असुल्ने दुई महिलासहित तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा जाजरकोट भेरी नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीय संगिता शाह, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१२ घर भई गोंगबु बस्ने २१ वर्षीय सुस्मिता गिरी र नुवाकोट ताडी नगरपालिका–३ घर भई स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाल छन्।

    महाशाखाका अनुसार शाह र गिरीले पुरुषलाई होटलमा भेट्न बोलाएर सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको खुलेको छ। खनाललाई भने ति महिलाले उनको नाममा पाँच लाखको चेक काट्न लगाएको अभियोगमा पक्राउ गरिएको हो।

    महाखाअनुसार ती महिलाले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाएर। कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको उजुरी परेको छ।

    उक्त भिडियो म्यासेन्जरमा पठाएर ति पुरुषलाई ब्ल्याकमेलिङ गर्दै पटक–पटक गरी आठ लाख रकम असुलेको खुलेको महाशाखाले जनाएको छ। ति महिलाले रकम माग गर्ने, रकम पाउन छोडे भिडियो भाइरल गराई बदनाम गराउने तथा जबर्जस्ती करणीको मुद्दा लगाउने सम्मको डर त्रास देखाउने गरेको महाशाखाले जनाएको छ।

    पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ। महाशाखाले यसअघि पनि दुई महिलालाई सोही प्रकृतिको अभियोगमा पक्राउ गरेको थियो। ​

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस