चैत ८, २०७७
चौतारा : सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन भएको छ। संघको १० औं अधिवेनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो।
संघको अध्यक्षमा भने राज कुमार बस्नेत निर्विरोध चयन भए।
यस्तै, वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल चयन भएका छन् । संघको प्रथम उपाध्यक्षमा उमेश कसजु, द्धितीय उपाध्यक्षमा अमृत कार्की र तृतीय उपाध्यक्षमा सुर्यकार्की चयन भएका छन् ।
मानार्थ उपाध्यक्षमा जग्गनाथ चालिसे र दिलीप राज गिरी चयन भएका हुन् । त्यस्तै महासचिवमा शम्भुबहादुर तिमल्सिना, सचिवमा ईश्वर गुभाजु, कोषाध्यक्षमा उमेश प्रधान र सह-कोषाध्यक्षमा विचारी पराजुली सर्वसम्मत भए।
संघको विधानअनुसार कार्यसमितिका ३० सदस्यमध्येबाट पदाधिकारी चयन गरिएको हो।
प्रतिक्रिया दिनुहोस