२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दूध र चियापत्तीको सट्टामा सुन्तलाको बोक्राको चिया

  • २०७७ चैत्र ८, आईतबार मा प्रकाशित ३ साल अघि
  • चैत ८, २०७७

    चौतारा : सामान्यताः धेरैजसो व्यक्तिहरु चियाको सौखिन हुन्छन् । थकावट कम गर्न चिया पिउने गरिन्छ । धेरै जसो व्यक्तिहरु चियामा दूध र चियापत्ती हालेर पिउने गर्छन् ।

    तर, यस्तो चियाको पिउँदा एसिडिटी, ग्यास जस्ता समस्याहरु आउँछन् । दैनिक चिया पिउनेहरुका लागि सुन्तलाको बोक्राको चिया पिउने गर्नुपर्छ । यो चिया स्वादमा मिठो हुने मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।

    आवश्यक सामाग्री :
    सुन्तलाको बोक्रा – 1/2 
    पानी – 1/2 कप 
    गुड – स्वादअनुसार 
    ल्वागं – २ देखि ३ वटा 
    अलैँची – १ देखि २ 
    दालचिनी – १ देखि २ इन्च टुक्रा 

    चिया बनाउने विधि :
    १. सबैभन्दा पहिले सुन्तलाको बोक्रा धुने 
    २. गुडबाहेक सबै सामाग्री चिया पकाउने भाँडोमा हाल्ने 
    ३. २ देखि ३ मिनेटसम्म उमाल्ने 
    ४.पानीको रगं परिवर्तन नहुँदासम्म  पानी तताउने र बाहिर निकाल्ने 
    ५. त्यसलाई कपमा हालेर गुड हालेर पिउने 

    फाइदाः
    सुन्तलाको बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टिक्यान्सर जस्ता गुणहरु पाइन्छन् । यसको सेवनले क्यान्सरको समस्याबाट बचाउँछ । यसका साथै यसले मधुमेह पनि नियन्त्रण गर्छ । यसले मधुमेहको बिरामीको शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ । 

    यस्तै, यसले मेटाबोलिज्म बढाएर शरीरमा अनावश्यक बोसो लाग्न दिँदैन । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस