२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपाल समूहको निष्कर्ष : पार्टीभित्र विधि र पद्धतिको लडाइँमा छौँ, छाड्दैनौँ

  • २०७७ चैत्र ५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • चैत ५, २०७७

    काठमाडौं : नेकपा एमालेको असन्तुष्ट खनाल–नेपाल समूहले पार्टीभित्रको विधि र पद्धतिको लडाइँ रहेका निष्कर्ष निकालेको छ। 

    राष्ट्रिय कार्यकर्ता भेलापछिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘भेला एमालेबाट छुट्टिन गरेको होइन। त्यसो हो भने त अर्को ब्यानरमा हुन्थ्यो। अर्को पट्टी साथीहरुलाई गए हुन्थ्यो लागेका छ। तर, हामी पार्टी फुटाउन दिदैनौँ।’ 

    उनले पार्टीभित्रको विधि र पद्धतिको लडाइँमा रहेकाले एमाले नछाड्ने दाबी गरे। ‘उहाँले दिएको निर्देशन पालनमा गरेको भए यहाँ देशभरको कार्यकर्ता कहाँबाट जम्मा हुन्थे र?’ उनले भने, ‘कारवाही शब्द शब्दकोषमा छ। त्यसैले प्रधानमन्त्रीले प्रयोग गर्नुभयो। उहाँ शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ।’ 

    उनले संसदीय दलको बैठकको म्यासेज प्राप्त भएको भए पनि आफूहरु नजाने बताए। ‘बैठकको म्यासेज आएको छ। प्रधानमन्त्री ओलीले ११ बजे बैठक बोलाउनुभएको छ। संसदीय दलको नेतालाई पार्टीको कार्यक्रम यहाँ चलिरहेको सबैलाई जानकारी छ। हामीले उहाँको बैठकमा जान सक्दैन भनेका छौँ’, उनले भने, ‘संसदीय दलमा हाम्रो गुनासो छैन। अब हाम्रो अनुकूल समयमा बोलाएको खण्डमा जान्छौँ।’ 

    उनले पार्टी एकताको आधार भनेको २०७२ जेठ २ नै भएको दाबी गरे। 

    ‘सर्वोच्चको अदालतको निर्णयपछि पार्टी एकतापूर्वको संगठनमा प्रधानमन्त्री फर्किनुभयो भने पार्टीलाई एकता रहन्छ। उहाँले मान्नुभएन भने के गर्ने भन्ने विषयमा हामीले छलफल गछौँ’, योगेशले भने, ‘२०७५ जेठ २ को निर्णय नै पार्टी एकताको आधार  हो।’ 

    उनले प्रधानमन्त्री ओलीले चैत ७ गतेको लागि बोलाएको केन्द्रीय कमिटीको बैठक आधिकारिक नभएको बताए। 

    ‘उहाँले आफ्नो निर्णय फिर्ता लिनुभयो भने साझा बैठक हुन्छ। ७ गतेको बैठक आधिकारिक होइन। आफ्नो निर्णय फिर्ता भएन भने त्यो उहाँको गुटको बैठक हुन्छ।’ उनले भने। 

    उनले आधिकारिक पार्टीको कार्यक्रम आफूहरुले चलाइरहेको हुनाले ओलीले नै समानान्तर कमिटी चलाएको तर्क गरे। उनले कर्णाली प्रदेशमा एमाले र माओवादी सरकार रहेको बताउँदै समर्थन कायम भएको बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस