२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपाल समूहको निष्कर्ष : राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

  • २०७७ चैत्र ३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत ३, २०७७

    काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि आफ्ना नेताहरुलाई त्यस बिषयमा ब्रिफिङ गर्न बसेको नेपाल समूहकाे भेलाले कार्यक्रम नरोक्ने निष्कर्ष निकालेको हो। 

    चैत ४ र ५ गते बोलाइएको कार्यकर्ता भेला नरोकिने स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। गुटगत कार्यक्रमले पार्टीलाई एकताबद्ध गर्नका लागि समस्या हुने भन्दै ओली पक्षले भेलालाई रोक्न आग्रह गरेको छ। ​

    प्रधानमन्त्री ओली समूहले भोलि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नहुने केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्। 

    ‘उहाँहरुले एकलौटी गरेको निर्णय फिर्ता नभएसम्म चियापान कार्यक्रममा जानुको अर्थ छैन। सबै कुरा मिलेपछि एकताबद्ध भएर देशव्यापी चियापान कार्यक्रम गर्न सकिन्छ’ उनले भने। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस