२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

माओवादी केन्द्रको दियो नेताहरुलाई तल्लो तहसम्म जान निर्देशन

  • २०७७ चैत्र ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • चैत ३, २०७७

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। आइतबारबाट सुरु भएको बैठक अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको हो। 

    २० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केही दिनका लागि बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए। 

    ‘नयाँ सरकार निर्माणबारे अन्य दलसँग छलफलका बिषय छन्। नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जाने तयारी भइरहेको छ। त्यसैको कारणले बैठक केही दिन पर धकेलिएको छ’ उनले भने। 

    उनले सर्वोच्चको फैसलाको पुनरावलोकन छिट्टै गर्नेसमेत बताए। पार्टीको सबै नेताहरुलाई आआफ्नो जिम्मेवारीअनुसार तलसम्म पठाएर फर्केपछि मात्रै बैठक बस्ने बताए। 

    ‘अब उहाँहरु तल्लो तहसम्म पुगेर फर्केपछि हामी बैठक बस्छौँ। केन्द्रीय कमिटी बैठक बसेपछि मात्रै कार्यकर्ता भेला आह्वान गछौँ’ उनले भने।  

    पार्टी छाडेको नेताहरूबाट कुनै प्रतिक्रिया नआएकाले अब पार्टीको बैठकपछि निर्णय लिने बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस