२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कोरोना संक्रमित बढेपछि भारतको नागपुरमा लकडाउन

  • २०७७ फागुन २९, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन २९, २०७७

    एजेन्सी : कोरोना भाइरस संक्रमित पुनः बढेपछि भारतको महाराष्ट्रमा लकडाउन गरिएको छ। महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो।

    महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ।

    सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो। अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेछ जनाइएको छ। निजी कार्यालयहरु पनि बन्द रहनेछन्। सरकारी कार्यालयमा भने २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस