फागुन २६, २०७७
चौतारा : सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौतारा अस्पताल पहिलो पटक दन्त सेवाको सुरु भएको छ। बुधबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले सेवाको सुचारु गरेका हुन्।
सेवा सुचारु भएसँगै अस्पतालमा आउने सेवाग्राहीले दाँत सम्बन्धी सम्पुर्ण सेवा अस्पतालबाट नै पाउने भएका छन्। अस्पतालले बिहिबारबाट नै न्युनतम शुल्कमा सेवा सुचारु गर्ने चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले बताए।
६० बर्ष माथिका जेष्ठ नागरिकको उपचारमा २० प्रतिशत छुट दिने तयारी गरिएको छ।
चौतारा अस्पतालले दन्त सेवा सुचारु गर्न नसक्दा सेवाग्राहीले निजी क्ल्निकमा महंगो शुल्क तिरेर उपचार गर्न बाध्य भएका थिए।
प्रतिक्रिया दिनुहोस