२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउने, ६५ प्रतिशत जग्गा अधिग्रहण

  • २०७७ फागुन २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • फागुन २७, २०७७

    चौतारा : सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सकिएपछि आयोजनाको दोस्रो चरणको निर्माण थाल्ने योजना तयारी गरेको छ । मेलम्चीको दोस्रो चरणको आयोजना निर्माणका लागि विदेशी दाताहरुसँग वित्तीय स्रोतको जठाउन सरकारले छलफल अघि बढाएको छ ।

    यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैंक (एडीबी) पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न इच्छा देखाए पनि स्रोत सुनिश्चित हुन बाँकी रहेको आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

    ‘सुन्दरीजलमा बन्ने अर्को पानी प्रशोधन केन्द्रका लागि एडीबी लगानी गर्न तयार भइसकेको उनले बताए। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको जनाए।

    मेलम्चीमा यांग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरु खन्नुपर्नेछ झण्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसाइनेछ । यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ ।

    पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको दोस्रो प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्‍याउने योजना छ ।

    यो योजनाअनुरुप मेलम्ची आयोजनामा यांग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।

    सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेट र नीति तथा कार्यक्रमबाटै नै गरिसकेको छ ।

    आयोजनाका लागि जग्गा अधिग्रहणको काम ६५ प्रतिशत सकिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण भइरहेको छ ।

    यो आयोजना निर्माण गर्दा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर एकमा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गरिनेछ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९ मा ६ र वडा नम्बर ६ मा ४ कित्ता जग्गा अधिग्रहण हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस