फागुन २५, २०७७
चौतारा : नेपाली सेनाले आयोजना गरेको लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन कुलुङ्ग प्रथम भएका छन् ।
गोरख बक्स गण चौताराले सेना दिवसको अवसरमा आयोजना गरेको २१।२५ दौडमा अनिश थापा मगरले दोस्रो स्थान हात पारेका छन् भने रामेछापका बेदबहादुर सुनुवार तेस्रो भएका छन् ।
दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाएका छन् भने दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र छैटो १० हजार पुरस्कार पाएका छन् ।
त्यस्तै सिन्धुपाल्चोक जिल्लाब्यापी रेसमा भने भोटेकोशी गाउँपालिकाका कृष्णबहादुर पौडेल प्रथम भएका छन् । मेलम्चीका श्यामकुमार तामाङ्ग दोस्रो र सहदेव खत्री तेस्रो भएका छन् ।
महिला तर्फ भोजपुरकी अनिता राई प्रथम र प्यूठानकी भूमी बुढामगर दोस्रो भएकी छिन् ।
सिन्धुपाल्चोकका प्रतियोगी र महिला प्रतियोगीमध्ये बिजयी हुनेहरुलाई भोटेकोशीका अध्यक्ष राजकुमार पौडेल, चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङ र ईन्द्रावतीका अध्यक्ष वंशलाल तामाङले पुरस्कार बितरण गर्नु भएको थियो ।
सो अवसरमा अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर र अल्ट्राधाविका मीरा राईलाईसमेत मायाको चिनो दिइएको थियोे ।
प्रतिक्रिया दिनुहोस