२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विविध कार्यक्रम गरी मनाइँदै

  • २०७७ फागुन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • फागुन २४, २०७७

    चौतारा : आज मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, राजनैतिक दलआबद्ध महिला संघ÷संगठनहरुले ¥याली, गोष्ठी, सभालगायतका कार्यक्रमहरु तय गरेका छन्।

    जर्मनीमा जन्मिएकी कम्युनिस्ट नेतृ क्लारा जेट्किनले महिला श्रमिकमाथिको श्रम शोषणविरुद्ध संघर्ष थालेको स्मरणमा यो दिवस मनाउने गरिएको हो। क्लारा जेट्किनको नेतृत्वमा सन् १९०८ मार्च ८ का दिन अमेरिकाको सिकागो सहरमा समान काम, समान ज्याला लगायत माग राखेर महिलाहरुले आन्दोलन थालेका थिए। सोही दिनको स्मरणमा सन् १९१० मार्च ८ देखि अहिलेसम्म श्रमिक महिलाहरुले अधिकारका लागि संघर्ष गरेको दिनका रुपमा यो दिवस मनाइँदै आइएको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस