२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

२१ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • फागुन २३, २०७७

    चौतारा : आइतबारबाट सुरु भएको कोरोनाविरुद्धको दोस्रो चरणको खोपमा जेष्ठ नागरिकलाई लगाइने भएको छ। दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी भएको हो।

    सिन्धुपाल्चोकका २१ हजार १ सय १२ जनालाई खोप दिने तयारी गरिएको सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले जानकारी दिए । जेष्ठ नागरिकसँगै पहिलो चरणको खोप अभियानमा छुटेकाहरूलाई पनि समावेश गर्ने लक्ष्य लिएको उनले बताए।

    सिन्धुपाल्चोकमा पहिलो चरणमा २ हजार ९ सय ६९ जना लक्षित सङ्ख्या मध्ये १ हजार ३ सय २६ जनाले मात्रै खोप लगाएका छन्। दोस्रो चरणको खोप अभियानका लागि ८२ वटा खोप केन्द्र निर्धारण गरेको छ ।

    स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रत्येक खोप केन्द्रमा तालीम प्राप्त एक खोपकर्ता र तीन स्वास्थ्यकर्मी खटाएएको छ। खोप अभियान सफल पार्न वडा स्तरीय देखि जिल्ला स्तरीय समन्वय समिति गठन समेत गठन भएको छ।

    खोप केन्द्रको सुपरिवेक्षण र अनुगमन गर्नेछन्।

    खोप अभियानको पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने व्यक्ति, एम्बुलेन्स चालक लगाए।

    यस्तै, सरकारी, स्थानीय तह तथा संस्थानका कर्मचारी, जनपथ एवं सशस्त्र प्रहरी, जनप्रतिनिधि, पत्रकार र बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई खोप लगाइएको थियो।

    दोस्रो चरणको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएर शुभारम्भ गर्दैछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस