२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सरकार-विप्लव वार्ता, दुवै पक्ष सहमतिनजिक

  • २०७७ फागुन २०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • फागुन २०, २०७७

    काठमाडौं : सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग बुधबारै दोस्रो चरणको वार्ता गरेको छ ।

    सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले दोस्रो चरणमा विषय केन्द्रित वार्ता भएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत डाक्टर भट्टराईले दुवै पक्ष समान धारणा नजिक पुगेको बताए।

    ‘वार्ता विषय केन्द्रित रह्यो, उनले भने, ‘दुबै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’ सरकारी वार्ता टोलीले बुधबारै विहान बालुवाटारमा विप्लव समूहसँग पहिलो चरणको वार्ता गरेको थियो। 

    गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर भट्टराई सदस्य रहेका छन्। विप्लव समूहको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड संयोजकत्वमा उदयबहादुर चलाउने दीपक सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस