फागुन १४, २०७७
चौतारा : हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हाल प्रदेश नं १ का पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ ।देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भू–भागहरूमा हस्सु र कुहिरो लागेको छ।
आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरूमा हल्का हिमपातको संभावनासमेत रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी र हिमाली भू–भागका एक, दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस