२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

जनतामा अदालतप्रति विश्वास थियो, संविधानवादको जित भयो : सभामुख

  • २०७७ फागुन १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • फागन १२, २०७७

    चौतारा : सभामुख अग्नि प्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन्।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाबारे पनि स्पष्ट मार्गनिर्देश गरेको बताए।

    उनले भने, ुनेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ। समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ। साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपुर्ण भूमिका खेलेको छ।

    पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बीचबाट यसले संविधानको रक्षा मात्रै नभई विकास र सम्मृद्धि गर्नुका साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको उनको भनाइ थियो।

    सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो। फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस