२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

तीन वर्षअगाडि बनिसक्नुपर्ने पुल ठेकेदारले अलपत्र पारेपछि विरोध

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन ११, २०७७

    चौतारा : सिन्धुपाल्चोक र दोलखा जोड्ने सुनकोशी नदीको पुल निर्माण सुचारू गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।

    पक्की पुल निर्माण सुरू भए पनि अलपत्र छ। तीन वर्षअगाडि नै निर्माण सक्नु पर्ने भए पनि निर्माण कम्पनीले उक्त पुल अलपत्र राखेको छ।

    उक्त पुल निर्माणको माग राखेर गत शनिबार त्रिपुरासुन्दरी र बाह्रविसे नगरपालिकाका बासिन्दाले धर्ना दिएका थिए। पुल २०७२ सालबाट निर्माण सुरू गरिएको थियो।

    त्रिपुरासुन्दरी गाउँपालिका ३ का गोकुल नेपालले पुल निर्माणमा लापरवाही भएको बताए। पुल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरेको उनको आरोप छ। पुलका खम्बाहरू चर्केको उनले बताए।

    पुल निर्माण सरोकार समितिका संयोजक माधव भण्डारीका अनुसार निर्माण व्यवसायी पक्षबाट र सरकारका तर्फबाट पनि पुल निर्माणमा तदारूकता नदेखिएपछि स्थानीय बासिन्दा विरोधमा उत्रनुपरेको छ।

    उक्त विरोध प्रदर्शनमा पुगेका नेविसंघ महामन्त्री वलदेव तिमिल्सिनाले पुल अलपत्र नछाड्न र तत्काल निर्माण सुरू गर्न निर्माण व्यवसायीलगायतलाई आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस