२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपाली जनताको बलिदानीबाट प्राप्त उलपब्धि रक्षामा चुनौती : सभामुख

  • २०७७ फागुन ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • फागुन ७, २०७७

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले सात दशकदेखि लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न चुनौती खडा भएको बताएका छन्।

    प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘सात दशकदेखिको नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका संघर्षहरु र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संबद्र्धन गर्ने दायित्व वहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ।’

    लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समिक्षा गर्नु पर्ने अवस्था सृजना भएको समेत बताएका छन्। लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीहरुको सामना गदैै यसको उन्नत अभ्यासका लागि सबै राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको बताएका छन्।

    ‘प्रजातन्त्र दिवसको अवसरमा देशमा लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न संघर्षका क्रममा जीवन आहुति दिनु भएका सम्पूर्ण महान सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ, ‘यो लामो र कठीन संघर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

    लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रकृया भएको बताउदै भनेका छन्, ‘यो जिम्मेवारी लोकतन्त्रप्रतिको गहिरो विश्वास रत्यसअनुरुप व्यवहारबाट मात्र पूरा गर्न संभव छ। लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र होइन यो हाम्रो सोचाई, पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि हो।’

    राष्ट्रिय प्रजातन्त्र दिवसको यस विशेष दिनमा सबैलाई लोकतन्त्र, संविधानको मर्म र भावना अनुसार अघि बढ्न शुभकामना समेत व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस