२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

विपक्षी दबाउन बर्माको सडकभर सैनिक बख्तरबन्द

  • २०७७ फागुन ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • फागुन ३, २०७७

    एजेन्सी : ‘कू’ गरेको बर्मेली सेनाले विपक्षी प्रदर्शनकारीलाई दबाउन सडकभर बख्तरबन्द गाडी तैनाथ गरेको छ। देशभर इन्टरनेट सेवा बन्द गरिएको छ भने जताततै सेना परिचालन गरिएको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

    बर्माको सेनाले फेब्रुअरी १ का दिन सैनिक ‘कू’ गरेको थियो। लगत्तै, सैनिक शासनको विरोध गर्दै देशभर प्रदर्शन हुन थालेको थियो। 

    सडकमा भारी संख्यामा सैनिक र बख्तरबन्द गाडी परिचालन गर्नु तथा देशैभर इन्टरनेट काट्नुका पछाडि त्यहाँ भइरहेको विरोध प्रदर्शनलाई सेनाले बर्बरतापूर्वक दबाउन खोजेको प्रारम्भिक संकेत मिलेको छ। 

    देशको उत्तरी भागस्थित काचिनमा सैनिक तख्तापलटको विरोधमा ९ दिनदेखि लगातार प्रदर्शन भइरहेको छ। त्यहाँ सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको खबरहरू आएको छ।

    काचिनबाट पाँच जना पत्रकारलाई पनि सेनाले गिरफ्तार गरेको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस