२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

भारतीय सेनाप्रमुख भन्छन् : नेपाल, भुटान र बंगलादेश भारतको साथमा

  • २०७७ फागुन २, आईतबार मा प्रकाशित ३ साल अघि
  • फागुन २, २०७७

    एजेन्सी : भारतका सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले चीनसँग तनाव बढिरहँदा दक्षिण एसियाका तीन मुलुक नेपाल, भुटान र बंगलादेश भारतको पक्षमा रहेको दावी गरेका छन्।

    बेलाबखत अस्वाभाविक अभिव्यक्ति दिई विवादित हुँदै आएका नरवणेले पछिल्लो पटक चीनसँगको सम्बन्धमा ४ देशबीच तथाकथित समीकरण रहेको बताएका हुन्। 

    असम राइफल्स र यूनाइटेड सर्भिसेज इन्स्टिच्युटको वार्षिक सेमिनार कार्यक्रममा बोलेका नरवणेले चीनकै कारण सीमामा झडप भएको पनि जिकिर गरे। चीनका कारण भारतको भरोसा टुटेको उनले बताए।

    परम्परा अनुसार नै नेपाल अहिले पनि भारतको सहयोगी रहेको, भुटानले चीनसँगको सम्बन्धमा सावधानीपूर्वक कदम उठाएको र बंगलादेशको साथ भारतको बलियो सम्बन्ध रहेको नरवणेले उल्लेख गरेको बीबीसी हिन्दीले लेखेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस