माघ ३०, २०७७
चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले मौलिक चाड पर्वहरुको संरक्षण र संबद्र्धन सबैको साझा दायित्व भएको बताएका छन्। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
‘तामाङ, शेर्पा, ह्योल्मो लगायतका नेपालका आदिवासी जनजातिहरुको मुख्य पर्व एवं नयाँ बर्ष, ‘२८५७ औं सोनाम ल्होछार’ र ‘२१४८ औं ग्याल्वो लोसार’को अवसरमा यी पर्व मनाउनु हुने सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ।
विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आ–आफ्नै संस्कृति, परम्परा र रितिरिवाज रहेका समेत बताएका छन्। मौलिकता बोकेका चाड पर्वहरुले आफ्नै विशेषता र महत्व बोकेका उनको भनाई छ।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसाँस्कृतिक देश नेपालमा यसरी मनाइने चाड पर्वले नेपालीबीचको आपसी सहिष्णुता, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु’, भनिएको छ, ‘हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र संबद्र्धन हामी सबैको साझा दायित्व हो।’
२८५७ औं सोनाम ल्होछार र २१४८ औं ग्याल्वो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस