२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

खाना पकाउने ग्यास र पेट्रोलको मूल्य बढ्यो

  • २०७७ माघ २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • माघ २९, २०७७

    चौतारा : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

    आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ।

    प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। ​

    त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रुपैयाँ कायम भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस