२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

साँगाचोकमा २८५७ औं सोनाम ल्होछार (फोटो फिचर)

  • २०७७ माघ २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • माघ २७, २०७७

    चौतारा : तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व २८५७ औं (लाङ ल्हो) र्गाइ बर्ष सोनाम ल्होछार सोमबार उद्घाटन गरिएको छ।

    श्री छिमिटासी छिलिङ्ग गुम्बा चौतारा साँगाचोकगढी नगरपालिका ११, नेपाल तामाङ घेदुङ चौतारा साँगाचोकगढी नगर कमिटी सिन्धुपाल्चोक, राष्ट्रिय आदिवासी महिला महासंघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

    ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै भन्ने नाराका साथ समुद्घाटन भएको छ।

    नगरप्रमुख अमान सिं तामाङको प्रमुख आतिथ्यता र श्रदेय खेन रिन्पोछे फुर्वा दोर्जे पाख्रीनको बिशेष उपस्थितिमा उद्घाटन भएको यस कार्यक्रम ३० गते बिशेष साँस्कृतिक कार्यक्रम गरी समापन गरिने आयोजकले जनायो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस