२०८१ चैत्र ३१, आईतबार | Sun, 13, Apr, 2025

हिमपातले सेताम्यै सिन्धुपाल्चोक (फोटो फिचर)

  • २०७७ माघ २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • माघ २६, २०७७

    चौतारा : सिन्धुपाल्चोकको उच्च क्षेत्रहरूमा व्यापक हिमपात भएको छ। हेलम्बु गाउँपालिकाका सबैजसो क्षेत्रमा हिउँ परेको भने लिसङ्खुपाखर गाउँपालिकाको मुढे, शिलढुङ्गा लगायतका क्षेत्रमा समेत हिउँ परेको हो। 

    सदरमुकाम चौतारा नजिकैका ओखरेनी, गुफा डाँडामा समेत हिउँ परेको छ। हिउँ परेपछि लामो समय खडेरी भोगेका किसान बालीनाली सप्रने भन्दै खुसी भएका छन्।

    हिउँमा रमाउन सो क्षेत्रहरूमा आन्तरिक पर्यटकको संख्यासमेत बढेको छ। हेलम्बु,ओखरेनी तथा मुढे क्षेत्रमा पर्यटकको संख्या बढेको छ।

    केही तस्वीर झलक :


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस