माघ २३, २०७७
चाैतारा : पोजेटिभ ड्रिमर्स युवा क्लवले श्री सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डेमा अध्ययनरत अार्थिम अवस्था कमजोर रहेका तथा जेहेन्दार २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
केही नयाँ सोच र नयाँ कार्य गर्ने उध्यक्षका साथ यसै बर्षमात्रै स्थापना भएको १५ जना युवाहरुको समुहले सो विद्यालयको ४४ औँ बार्षिक उत्सव तथा भुतपुर्व विद्यार्थी पुर्नमिलन समारोहका बीच छात्रवृत्ति प्रदान गरेको हो।
विद्यालयको कक्षा ११ मा अध्यनरत सविता भण्डारी र कक्षा १२ मा अध्ययनरत विजय ठकुरीलाई तीन तीन हजार रूपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको पोजेटिभ ड्रिमर्सका सदस्य अर्जुन शर्माले जानकारी दिए।
विद्यायालयले छनोट गरेका दुवै विद्यार्थीहरूकाे आर्थिक अवस्था कमजोर रहेको र अध्ययनमा समस्या खेपिरहेका थिए। यस छात्रवृत्तिले विद्यार्थीहरूमा केही राहत पुग्ने विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद पौडेलले बताए।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमाहानिर्देशक अणप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे। कार्यक्रममा छात्रवृत्ति नगरप्रमुख अमान सिं तामाङ र क्लवका सदस्य अर्जुन शर्माले संयुक्त रुपमा प्रदान गरेका थिए।
पोजेटिभ ड्रिमर्स स्टुडेन्ट अफ द इयरको नाममा स्थापना भएको छात्रवृत्ति प्रत्यक बर्षमा निरन्तरता दिइने क्लवका अध्यक्ष प्रज्वल शर्माले बताए।
प्रतिक्रिया दिनुहोस