२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सूचना प्रणालीमा नाम दर्ता नभएकाले पनि कोरोनाविरुद्धको खोप लिन पाउने

  • २०७७ माघ २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • माघ २३, २०७७

    चौतारा : स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिको नाम दर्ता नभएका कारण खोप लिनबाट वञ्चित नगर्न सम्बन्धित खोप केन्द्रलाई सुचित गरेको छ।

    मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत सूचना प्रणालीमा दर्ता नभएकालाई खोप सेवाबाट वञ्चित हुन नदिन सम्बन्धित स्वास्थ्य परिषद् तथा मेडिकल काउन्सिल लगायतको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएका व्यक्तिलाई सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था गर्न जानकारी गराएको हो ।

    मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको खोप आजसम्म १ लाख ५८ हजार ४ सय ८७ जनाले लगाएका छन् । १० दिने खोप अभियानको पहिलो चरणमा मुख्य प्राथमिकतामा परेका व्यक्तिहरूलाई खोप लगाइएको छ ।

    संक्रमितको संख्या २ लाख ६७ हजार नाघ्यो

    कोरोना भाइरसको सङ्क्रमणबाट आज २ सय २७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

    हालसम्म ९८ दशमलव ४ प्रतिशत कोरोना सङ्क्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    आज देशभर ३ हजार ८ सय ७८ वटा नमुना परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संंख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ ।

    कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३३ पुगेको छ । २ हजार २ सय ७७ सक्रिय सङ्क्रमित मध्ये ६१ जनाको आइसियु र १४ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस