माघ २२, २०७७
काठमाडौं : प्रचण्ड–नेपाल समूहले काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सी जलाएका छन्। महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएको जानकारी दिए।
आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका ६० जना पक्राउ परेका छन्। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौंबाट ६० जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको एसएसपी सिंहले बताए।
संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्तालको घोषणा गरेको छ। आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो।
प्रतिक्रिया दिनुहोस