२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

ओलीको प्रतिगामी कदमविरुद्ध प्रचण्ड-माधव समूहको आम हड्ताल

  • २०७७ माघ २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • माघ २२, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले प्रतिगमन असफल पार्नका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनीसहित आज आम हड्ताल गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटनको असंवैधानिक अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी कदम चालेपछि प्रचण्ड पक्षले आम हड्ताल गरेको छ। देशभर बन्दको प्रभाव परेको छ। संघीय राजधानी काठमाडौंमा बन्दको व्यापक प्रभाव परेको छ।

    गृहमन्त्रालको निर्देशनमा बन्द गराउन हिडेका नेकपा नेता कार्यकर्ता प्रहरीले पक्राउ गरिरहेको छ। कोभिड १९ को मारबाट मुक्त भई नसकेको वर्तमान अवस्थामा यसबाट हुने असहजताको निम्ति पार्टी सबैसँग क्षमायाचनासमेत मागेको गर्दै बन्द गरेको छ।

    नेपाली जनताले गरेको दशकौँको संघर्ष र हजारौं सहिदहरुको बलिदानबाट प्राप्त संविधान र लोकतन्त्रको रक्षा गर्न र सरकारी गुण्डाराज तथा निरंकुशतन्त्रलाई अन्त्य गर्न संघर्ष गर्नै पर्ने अनिवार्य स्थितिको बोध तपाईंहरू सबैमा रहेको अपेक्षासहित संघर्षमा समर्थन, सहयोग र सहभागिताका लागि विनम्र अनुरोधसमेत गरेको छ।

    देशव्यापी आमहड्तालमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्थाहरू बन्द छन्। यसबाहेक अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु रहनेछन्। विद्यार्थीहरूको परीक्षा सञ्चालनमा कुनै अवरोध गरेको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस