२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

चौतारा बजारमै छैन पार्किङको व्यवस्था, योजना बुन्दै नगरपालिका

  • २०७७ माघ १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • माघ १८, २०७७

    चौतारा : सिन्धुपाल्चोक जिल्लाको सदरमुकामसमेत रहेको चौतारा बजारमा पार्कीङको चरम अभाव भएको छ। बजारमा पार्किङअभाव हुँदा दुर्घटनाको जोखिम बढेको छ। पार्किङ व्यवस्थित हुन नसक्दा पैदल यात्रुलाई समते समस्या पर्ने गरेको छ।

    साँघुरो बाटोमा जथाभावी पार्किङ गरिदिँदा पैदल यात्रुले सडक किनारमा हिँड्नसमेत सास्ती खेप्नुपरेको स्थानीय अशोक घलेले बताए। बजारमा एउटा मात्रै सःशुल्क पार्किङ क्षेत्र तोकिएको भए पनि सो ठाउँ सानो भएकोले पर्याप्त सवारी साधन राख्न नपाइने उनले गुनासो गरे।

    बजार व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकार भने आफूहरू अझै पनि व्यवस्थित पार्किङ बनाउने योजनामा रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख अमानसिं तामाङले बताए।

    बजारको बीचभागमा रहेको साविक बाल विकासको भवन, नेपाल बैंक अगाडीको थोरै खाली जग्गा र टुँडिखेल नजिकै निर्माण भएका नयाँ सडकलाई पार्किङको रूपमा विकास गर्नको लागि गृहकार्य अगाडि बढाएको उनको भनाई छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस