२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

संसद् विघटन मान्य भयो भने संविधान अमान्य हुन थाल्छ : गगन थापा

  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • माघ १७, २०७७

    मेलम्ची : नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन सदर भयो भने संविधान अमान्य हुने कुराको सुरुवात हुने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको भन्दै यस्तो बताएका हुन् ।

    ‘‘यो संसद् विघटन मात्र होइन, संविधान विघटनतर्फको यात्रा हो । यसले विस्तारै व्यवस्था लैजान्छ,’’ थापाले भने, ‘‘संविधानसभाबाट संविधान बनाउँदा संविधानमा संसद् विघटनको व्यवस्था राखेनौँ । यो अवस्था मान्य भयो भने यो संविधान अमान्य हुने कुराको सुरुवात हुन्छ ।’’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कांग्रेसले असंवैधानिक भनेको स्मरण गरे । उनले नेपालमा ओलीले भनेजस्तो ‘सेटिङ’को शासन नभई संविधानको शासन रहेको बताए ।

    त्यस्तै, उनले सर्वाेच्च अदालतले सर्वाेच्च हुनुको मान राख्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपतिले मान राख्न नसक्दा गणतन्त्रका लागि लड्नेहरूको शिर निहुरिएको भन्दै थापाले अदालतको मानका लागि आफूहरू चिन्तित रहेको बताए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस