माघ १४, २०७७
चौतारा : पटकपटक बन्द हुँदै खुल्दै आएको तातोपानी नाकाबाट यस आर्थिक बर्षमा अनुमानित लक्ष्य पूरा गर्न नसकिने देखिएको छ ।
आर्थिक बर्ष २०७७र०७८ मा २ अर्ब ७४ करोड राजश्व संकलन हुनसक्ने आंकलन गरिए पनि ६ महिनाको अवधिमा ३९ करोड १२ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा तातोपानी भन्सार कार्यालयले आयोजना गरेको कार्यक्रममा भन्सार प्रमुख खत्रीले यस्तो बताएका हुन् । कहिले कोरोना भाइरत कहिले बाढी पहिरोको समस्याबाट ग्रस्त बन्दै आएको तातोपानी नाकाबाट दैनिक ५र७ वटा कन्ट्रेनर सामान नेपाल भित्रदै आएको थियो ।
बाढीले जीर्ण बनाएको नेपाल चीन जोड्ने मितेरी पुल मर्मत सुरु भएका कारण हाल २० दिनको लागि नाका पुनः बन्द भएको छ । उता चिनियाँ पक्षले पर्याप्त सामान नपठाउने र यता कोदारी (काठमाडौं सडक अस्तव्यस्त हुँदा समेत मर्मत सम्हार नहुदा आफुहरु मारमा परेको व्यवसायीहश्र बताउँछन्।
भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले अझै पनि चीनले अघोसित नाकाबन्दी कायम राखेको कारण पर्यन्त आयात हुने नसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा बाह्रबसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा, भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल लगाएतले नाका पुर्ण रुपमा सुचारु गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
अन्तराष्टिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीलाई यस बर्षको उत्कृष्ट भन्सार प्रमुखको रुपमा सम्मान गरेको छ । यस्तै उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारीहरुलाइ समेत माला लगाएर सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस