२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

यी हुन् कलेजो बिग्रिएको संकेत, कसरी बच्ने ?

  • २०७७ माघ १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • माघ १२, २०७७

    एजेन्सी : कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतरनाक मानिन्छ । कलेजोमा समस्या आएको विभिन्न संकेतहरु देखिन्छन् ।

    लामो समयसम्म कलेजोमा समस्या आउँदा कलेजोमा सिरोसिस हुने खतरा बढ्छ । सिरोसिस एडभान्स स्टेजमा पुगेपछि गम्भीर लक्षणहरु देखिने गर्छ । भारतीय नेशनल हेल्थ सभिर्सका अनुसार गोडा, कुर्कुच्चा र पन्जामा गम्भीर प्रकारको पीडा महसुस हुने लक्षणहरु कलेजो बिग्रिएको संकेत हुनसक्छ । 

    विशेषज्ञका अनुसार सिरोसिस भएको संकेतहरुबाट पनि पत्ता लगाउन सकिन्छ । छालाको पहेँलोपन, आँखाको सेतो भाग पहेँलो हुनु र छालामा चिलाउने समस्या आउनु चेतावनीको संकेत हुन सक्छ । 

    जीवनशैलीमा परिवर्तन ल्याउने गर्दा कलेजोमा जम्मा हुने बोसो हटाउन सकिन्छ । 

    नियमित व्यायामले शरीरको तौल कम गरेर कलेजोमा थप समस्या आउनबाट जोगाउँन सकिन्छ । त्यसैगरी, मद्यपान तथा धुम्रपानको सेवन गर्न हुँदैन । सन्तुलित भोजन गर्ने गर्दा पनि कलेजो सुरक्षित स्वस्थ रहन मद्दत पुग्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस