२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

हेलम्बुको तिम्बुमा चिया नर्सरी, गाउँमै रोजगारी वातावरण सिर्जना

  • २०७७ माघ १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • माघ १२, २०७७

    चौतारा : सिन्धुपाल्चोक गाउँमै रोजगारी वातावरण सिर्जना गर्दै पर्यटन प्रवर्द्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाइएको हो ।

    २ वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । गाउँपालिकाले उत्पादन गरेको बिरुवा किसानलाई निःशुल्क वितरण गरिएपछि हेलम्बुमा चिया खेती सुरु गरिएको हो ।

    सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट १ हजार २ सय मिटरदेखि २ हजार ३ सय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

    १ रोपनी क्षेत्रमा ७ सयदेखि ९ सयसम्म बिरुवा रोप्न सकिने यसको बजार भाउ प्रतिकेजी २ हजार ५ सय रुपैयाँसम्म आउने उनले बताए।

    पहाडी क्षेत्रमा रोपिने यो जातको चिया रोपेको ३ देखि ४ वर्षमै उत्पादन दिन थाल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले बताए।

    गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्‍याउने उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस