२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मितेरी पुल मर्मत गर्न तातोपानी नाका २० दिनका लागि बन्द

  • २०७७ माघ ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • माघ ८, २०७७

    चौतारा : तातोपानी नाका बिहीबारदेखि बन्द हुने भएको छ । नेपाल र चीनको सिमानामा रहेको मितेरी पुल मर्मत गर्न २० दिनका लागि नाका बन्द गर्न लागेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

    पुल मर्मतका लागि चिनियाँ पक्षले जनवरी २१ देखि २० सम्म नाका बन्द गर्ने निर्णय गरेसँगै नाका बन्द गरिएको खत्रीले बताए ।

    बाढीले क्षति पुर्‍याएको पुल निर्माण सम्पन्न हुनसाथ नाका सुचारु गरिने खत्रीले जानकारी दिए । केही दिन अघिमात्र आएको बाढीले पुलमा थप क्षति पुर्‍याएको थियो ।

    नाकामा रहेका मालसामानहरु पुल बन्द हुने भएपछि छिटो–छिटो गरी नेपाल प्रवेश गराइएको छ। तातोपानी नाकाबाट दैनिक १८/२० ओटा मालबाहक गाडी नेपाल प्रवेश हुँदै आएको खत्रीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस